Esewanews

देशको ढुकुटीबाट ९ महिनामै बाहिरियो ६७ अर्ब ।

Author Esewanews आइतबार, ३१ वैशाख २०८०

views

नेपालचालु आर्थिक वर्षको नौ महिनामै गत आर्थिक वर्षभरमा वैदेशिक अध्ययनका लागि बाहिरिएकै बराबर विदेशी मुद्रा नेपालबाट बिदेसिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ गत साउनदेखि चैतसम्ममा वैदेशिक अध्ययनकै लागि नेपालबाट ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको वित्तीय प्रतिवेदनले देखाएको छ। गत आर्थिक वर्षमा वैदेशिक अध्ययनकै लागि नेपालबाट ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त शीर्षकमा बाहिरिएको रकम करिब ५४ प्रतिशतले बढी हो आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड ०७५/७६ मा वैदेशिक अध्ययनका लागि ४६ अर्ब ३२ करोड बाहिरिएको थियो खासगरी यस वर्ष क्यानडा, अस्ट्रेलियालगायत देशले सहज रूपमै अध्ययन भिसा प्रदान गरेका छन् यसकारण पनि यस वर्ष विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या धेरैले बढेको हो यही पक्षलाई दृष्टिगत गर्दै विदेश अध्ययनका लागि अनुमति (नो अब्जेक्सन लेटरएनओसी) मा कडाइ गर्ने निर्णय गरे पनि कार्यान्वयन भएको छैन तर विदेशी सम्बन्धनका कलेजको नयाँ अनुमति भने सरकारले रोकेको यसरी हरेक महिना विदेश अध्ययन र भ्रमणमा ठूलो रकम बाहिरिँदा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको राष्ट्र बैंकका उच्च अधिकारीहरूको भनाइ छ शिक्षाकै लागि ठूलो रकम बाहिरिनु अर्थतन्त्रको हितमा नभएको राष्ट्र बैंकका अधिकारीहरुले भनाइ छ केही महिनायता आयातबापतको भुक्तानीबाहेक सबैभन्दा धेरै विदेशी मुद्रा विदेशमा अध्ययनका लागि बाहिरिएको देखिन्छ,’ उनले भने, ‘विदेशी मुद्रा बाहिरिने क्रम हरेक महिना बढ्दो छ यसलाई अहिले नै नियन्त्रण नगरिए यो समस्या निकट भविष्यमै ठूलो चुनौतीका रूपमा देखिनेछनेपालमै अध्ययनअध्यापन हुने विषयलाई व्यवस्थित गराउने र विदेशी मुद्रा तिर्नुपर्ने शैक्षिक संस्थामा भर्ना कम गर्न शिक्षा मन्त्रालयलाई राष्ट्र बैंकले यसअघि नै आग्रह गरेको जनाइएको छ।विदेशमा अध्ययनका लागि ठूलो रकम बाहिरिने गरेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषयले प्राथमिकता पाउन थालेको सरकारी अधिकारीहरू बताउँछन्

© 2026 esewanews.com.np All rights reserved.