Esewanews

दुर्गा प्रसाईको दाबी नेपालमा चाँडै अमेरिकी सेना आउँदैछ ।

Author Esewanews शनिबार, ३० वैशाख २०८०

views
दुर्गा प्रसाईको दाबी नेपालमा चाँडै अमेरिकी सेना आउँदैछ ।

नेपालव्यवसायी दुर्गा प्रसाईंले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको दाबी गरेका छन् । शनिवार काठमाडौँको पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले यहाँका नेताहरूले देश बेचिसकेको र देश बेचेको पैसा दुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरूको नाममा ट्रान्सफर गर्ने गरेको बताएका छन। उनले नेपालका बैंकहरुले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्न भन्ने कम्पनीमा वैधानिक रूपमा पठाएको प्रमाण आफूसँग रहेको जिकिर पनि गरे ।उनले भने ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्न भन्ने कम्पनीमा पेमेण्ट भएको छ । ग्ल्याक्सी कम्पनी भन्ने हङकङमा छ एउटा त्यसको एडभान्स रेमिटेन्स भन्ने शाखा नेपालमा छ । ३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ । मैले जुन माग राखेँ नि अहिले एमालेले पनि त्यही माग राख्यो होइन, संघीयता खारेज गर्नुपर्छ भन्ने । दुर्गा प्रसाईं सय कदम अघि रहेछ नि त यी राजनीतिज्ञभन्दा यहाँ अब अमेरिकी सेना छिटै आउँदैछन् ।व्यवसायी प्रसाईंले जनताले नेताहरूलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताएका छन् । 

© 2026 esewanews.com.np All rights reserved.