Esewanews

सुडानको लडाइँ रोक्न पहिलो प्रत्यक्ष वार्ता हुदै ।

Author Esewanews आइतबार, २४ वैशाख २०८०

views
सुडानको लडाइँ रोक्न पहिलो प्रत्यक्ष वार्ता हुदै ।

काठमाडौँकैयौँ पटक गरिएका युद्धविराम तोडिएको पृष्ठभूमिमा साउदी अरबको आयोजनामा सुडानका द्वन्द्वरत पक्षबीच शनिवार पहिलो प्रत्यक्ष वार्ता हुन लागेको छ। सुडानको सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच जेद्दाहमा हुन लागेको सहमति पूर्वको वार्ताको अमेरिका र साउदी अरबको संयुक्त वक्तव्यले स्वागत गरेको छ। खार्टूममा शुक्रवार पनि लडाइँ जारी रहेका रिपोर्टहरू आएका थिए। मानवीय सङ्कटसम्बन्धी विषयलाई सम्बोधन गर्नेतर्फ वार्ता लक्षित रहने सुडानको सेनाले जनाएको छ।वार्ताबारे आरएसएफले कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन। गम्भीर मानवीय सङ्कटबीच संयुक्त राष्ट्रसङ्घ र सहायता निकायहरूले वार्ताका लागि दबाव दिइरहँदा जेद्दाहमा संवादमा संलग्न हुन आफ्ना दूतहरू पठाएको सेनाले पुष्टि गरेको छ। करिब तीन सातायता जारी भीषण लडाइँका कारण सयौँ मानिस मारिएका छन् भने झन्डै साढे चार लाख सर्वसाधारण विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन सङ्ठन आईओएमका अनुसार कुल एक लाख १५ हजार मानिसले छिमेकी देशहरूमा शरण मागेका छन्। सुडानका सैनिक कमाडर जेनरल फत्ताह अल-बुर्हान र हेमेद्ती नामले पनि चिनिने आरएसएफका जेनरल मोहम्मद हमदान दगालोबी सत्ताका कडा सङ्घर्ष चलिरहेको छ।

© 2026 esewanews.com.np All rights reserved.