Esewanews

रात र झरीको प्रवाह नगरी २४सै घण्टा आन्दोलनमा महावीर पुन ।

Author Esewanews सोमबार, १८ वैशाख २०८०

views
रात र झरीको प्रवाह नगरी २४सै घण्टा आन्दोलनमा महावीर पुन ।

काठमाडौँ राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारसँग विभिन्न माग राख्दै माइतीघरमा आन्दोलन गरि राखेकाछन् । सरकारले देशमा अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने वातावरण नबनाएको, अनुसन्धान कोषको स्थापना नगरेको, खरिद नियमवाली छुट्टै हुनुपर्नेजस्ता माग राखेर बैज्ञानिक पुन झरीवर्षाको प्रवाह नगरी माइतीघर मण्डलमा आन्दोलनमा छन् । उनले उठाएको माग् र आन्दोलनमा बिभिन्न राजनैतिक पार्टी संघ संस्था नागरिकहरुको साथ र सहयोग बढदै गएको छ । अमेरिका बाट स्वदेश फर्किए पछि ब्यक्तिगत पहलमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका बैज्ञानिक पुनले उठाएका माग जाएज मात्रै छैनन् यदि देशलाई आर्थीक रुपमा आत्मनिर्भर बनाउने हो भने पुनले उठाएका माग अनुसार अबिलम्व सरकारले काग गर्न जरुरी छ तर राज्य सञ्चालकहरुको ध्यान त्यता पट्टी गएकै छैन बरु  बैज्ञानिक पुन जस्ता मान्छेहरु सडक संघर्षमा जानु पर्ने बाध्यता छ । बैज्ञानिक पुनले उठाएका माग र आन्दोलन बारे बार्ता गर्न भनेर सरकारले आइतबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई पुनसँग वार्ता गर्न पठायो । वार्ता सकरात्मक रुपमा अगाडि बढेको र माग सम्वोधन गर्न सरकारले आज ५ बजे पछि एउटा बार्ता टोलि गठन गरेर काग गर्ने आसवासन दिएको महावीर पुनले माईतिघर धर्ना स्थलमा आन्दोलनमा सहभागीहरु र पत्रकारहरुलाई बताए । उनले भने सरकार सँग छलफल जारी छ तर हाम्रा माग सम्बोधन नभए सम्म आन्दोलन जारी राख्न र रहने बताए । 

© 2026 esewanews.com.np All rights reserved.