Esewanews

एसीसी प्रिमिअर कप अन्तर्गत नेपालद्वारा ओमान पराजित ।

Author Esewanews शनिबार, ०९ वैशाख २०८०

views
एसीसी प्रिमिअर कप अन्तर्गत नेपालद्वारा ओमान पराजित ।

काठमाडौएसीसी प्रिमिअर कप अन्तर्गत नेपाल र ओमानबीचको शुक्रवारको खेलमा  नेपालले ओमानलाई ८४ रनले पराजित गर्‍यो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै पहिलो पटक ३०० भन्दा बढी रन पनि जोड्यो। ओमानका अन्तिम खेलाडी अकिव इल्यास घाइते भएर खेल्न नसकेका कारण 'रिटायर्ड आउट' लिएपछि उसले ९ विकेट गुमाएलगत्तै नेपाल विजेता घोषित भएको थियो। खेल रोकिँदा ओमानले २१ बल खेल्न बाँकी नै थियो। त्यसअघि हावाहुरी चल्न थालेपछि  खेल बेला बेलामा खेल बिथोलिएको थियो। खेल 'डक वर्थ लुइस' प्रणालीमा जान्छ की भन्ने अनुमान पनि गरिएको थियो। तर त्यो स्थिति आउनु अगाडि नै खेल नेपालले जित्न सफल भयो। युवा अलराउण्डर कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै सबैभन्दा छिटो १०० रन बनाउने नेपाली खेलाडीको कीर्तिमान राखे भने सन्दीप लामिछानेले सर्वाधिक चाँडो १०० विकेट लिने विश्वकै पहिलो बलरको कीर्तिमान समेत आफ्नो नाममा लेखाए। दाबेदार ओमानलाई नेपालले लिगको महत्त्वपूर्ण खेलमा पराजित गर्‍यो। यसले नेपाललाई १० राष्ट्र सम्मिलित प्रतियोगिता अन्तर्गत समूह '' मा तालिकाको शीर्ष स्थानमा पुर्‍याउन सक्छ। जसले नेपालको फाइनलसम्मको यात्रा पनि सहज बनाउन सक्ने छ । जारी एसीसी प्रिमियर कपको विजेता सेप्टेम्बरमा हुने एशिया कपमा छनोट हुनेछ। उक्त प्रतियोगितामा भारत र पाकिस्तान जस्ता टेस्ट शक्ति राष्ट्रसँग प्रतिस्पर्धा हुने तालिका छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा आएको ओमान ४६ ओभर ३ बलमा २२६ रनमा सीमित भयो। ओमानका लागि मोहम्मद नदिमले सबैभन्दा धेरै ६५ रन जोडे।

© 2026 esewanews.com.np All rights reserved.