Esewanews

म्यान्मारमा सेनाको हवाई आक्रमणमा परी थुप्रै मानिसको मृत्यु ।

Author Esewanews बुधबार, २९ चैत २०७९

views
म्यान्मारमा सेनाको हवाई आक्रमणमा परी थुप्रै मानिसको मृत्यु ।

काठमाडौँम्यान्मारमा जारी गृहयुद्धमा त्यहाँको सेनाले गरेको घातक हवाई आक्रमणमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको दाबी घटनाका प्रत्यक्षदर्शीहरूले गरेका छन्। मृत्यु हुनेमा कम्तीमा १५ महिला र धेरै बालबालिका रहेको उनीहरूको भनाइ छ।  सागेइङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर सेनाले हवाई आक्रमण गरेको हो। उक्त गाउँका मानिसहरूले सैन्य सरकारको विरोध गर्छन्। सेनाले फेब्रुअरी २०२१ मा शासन आफ्नो हातमा लिएपछि विपक्षीहरूलाई लक्षित गर्दै हवाई आक्रमण गर्दै आएको छ। सागेइङ क्षेत्रका मानिसहरूले म्यान्मारमा सैन्य शासनको कडा विरोध गरेका छन्। उनीहरूले छुट्टै फौज बनाएका छन् तथा आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन्। गाउँका एक बासिन्दाले बीबीसीलाई बताएअनुसार त्यहाँ बिहान ७ बजे सैन्य विमान त्यहाँ उडेको थियो र माथिबाट बम खसालेको थियो। त्यसलगत्तै हेलिकप्टरबाट २० मिनेटजति गाउँमा बम खसालिएको थियो। गाउँका बासिन्दाहरूले त्रासदी पूर्ण नरसंहारको दृश्य समाविष्ट भिडिओ साझा गरेका थिए। उक्त भिडिओमा क्षतविक्षत भएका शवहरू र जलिरहेका भवनहरू देखिन्छन्।

© 2026 esewanews.com.np All rights reserved.