Esewanews

उपचार खर्च तिर्न नसक्दा बिरामी अस्पतालमै बन्धक ।

Author Esewanews सोमबार, २७ चैत २०७९

views
उपचार खर्च तिर्न नसक्दा बिरामी अस्पतालमै बन्धक ।

काठमाडौँ–संबिधानत स्वास्थ्य निसुल्क भनिएको छ तर ब्यवहारत ठिक त्यसको उल्टाे छ गरिब जनताहरु उपचारको पैसा तिर्न नसकेर हस्पिटलमै बन्दक बन्नु पर्ने अवस्था छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषा सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् । अस्पतालको शय्यामा पल्टिरहेकी मन्तोरियालाई कसैले केही सोध्नासाथ आँखाबाट आँसुको भेल बग्छ । उनी अस्पतालबाट डिस्चार्ज भएको ३६ दिन भइसकेको छ । तर उपचार खर्चवापतको ६ लाख ६९ हजार ३०० र फर्मेसीमा औषधिको २ लाख ५ हजार ७८२ तिर्न बाँकी छ । सो रकम नतिरी उनी घर जान पाएकी छैनन् ।

अस्पतालमै छ तीन बालबच्चा र वृद्ध ससुराको बसाइ । कसले बिल तिरिदिने र कसरी घर जाने कुनै टुंगो छैन । मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारमा कतारमा छन् । गत कात्तिकमा रामबहादुर कतार गएपछि घर सम्हाल्दै आएकी थिइन् मन्तारियाले । तर, दुर्घटनामा परेदेखि उनको परिवार नराम्ररी बिथोलिएको छ । पति रामबहादुरको पनि कमाइ छैन । उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाइन् । अस्पताल र फार्मेसीको करिब ९ लाख रुपैयाँ कसरी तिर्ने र कसरी बालबच्चा पाल्ने भन्ने चिन्ताको सागरमा छिन् मन्तोरिया । दुर्घटनामा परेदेखि आमाको रेखदेख स्याहार सुसार वर्षातले नै गर्दै आएकी छन् । यो कोठामा अरु बिरामी छैनन् । मन्तोरिया, उनका बालबच्चा र वृद्ध ससुरा मात्र हुन्छन् यहाँ । अनलाइन खबरवाट ।

© 2026 esewanews.com.np All rights reserved.