Esewanews

चिनियाँ सेनाको सैन्य अभ्यास ।

Author Esewanews आइतबार, २६ चैत २०७९

views
चिनियाँ सेनाको सैन्य अभ्यास ।

चिनियाँ सेनाले तीन दिने सैन्य अभ्यासका क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ। ताइवानी राष्ट्रपति साई इङ-वेन अमेरिकाको भ्रमणबाट फर्केको केही घण्टापछि चीनले सैन्य अभ्यास सुरु गरेको छ। ताइवानको रक्षा मन्त्रालयले ७१ वटा चिनियाँ सैन्य विमान र ९ वटा सैन्य पानीजहाजले ताइवान स्ट्रेटको मध्यरेखा पार गरेको जनाएको छ। बेइजिङले ताइवानलाई चीनको एउटा टुक्रिएको प्रान्तको रूपमा हेर्छ त्यसकारण ताइवान अलग्गै देशको रुपमा स्थापीत भएको छैन । अहिलेको सैन्य अभ्यासलाई उक्त टापुको सरकारलाई दिइएको "कडा चेतावनी"का रूपमा हेरीएको छ। चीनीया सञ्चारमाध्यमले उक्त सैन्य अभ्यासले "एकै साथ ताइवान टापुको वरिपरि गस्ती र सैन्य अग्रतालाई व्यवस्थित गर्ने र चौतर्फी घेराबन्दी तथा प्रत्याक्रमणको सङ्केत गर्ने" जनाएका छन्। सञ्चारमाध्यमले उल्लेख गरे अनुसार लामो दूरीको रकेट, नौसेनालाई ध्वस्त पार्ने अस्त्र, क्षेप्यास्त्र बोक्नसक्ने डुङ्गा, वायुसेना, लडाकु, बमवर्षक विमान"लगायत चिनियाँ सेनाले तैनाथ गरेको पनि जनाएका छन्। ताइवान वरिपरि चीनको तीन दिने सैन्य अभियानलाई "युनाइटेड शार्प स्वर्ड" भनिएको छ। यो अभियान सोमवारसम्म चल्ने पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पूर्वी थिएटर कमाण्डले जनाएको छ।

© 2026 esewanews.com.np All rights reserved.