Esewanews

नेपालमा फेरि बढ्न थाले कोभिडका बिरामी ।

Author Esewanews बिहिबार, १६ चैत २०७९

views
नेपालमा फेरि बढ्न थाले कोभिडका बिरामी ।

नेपालमा पुन: कोरोनाभाइरस सङ्कमण बढ्न थालेको भन्दै अधिकारी तथा विज्ञले लक्षण देखिने बित्तिकै परीक्षण गराउनतथा स्वास्थ्य सचेतना अपनाउनआग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीका भनाइमा नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण केही बढेको देखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताएका छन्। अहिले भइरहेको सङ्क्रमणमा भाइरसको नयाँ भेरिअन्ट पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अधिकारीहरूका भनाइमा नेपालका विभिन्न स्थानमा भएका सङ्क्रमण नयाँ भेरिअन्टका कारण हो कि भनेर नमुनाको जीन सिक्वेन्सीङ गर्ने काम पनि समयसमयमा जारी रहेको छ। कोभिडविरुद्धको खोप कार्यक्रम पनि चलिरहेको उनीहरू बताउँछन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो पटक नेपालमा कुल १,४२९ जनाको परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ। यो मन्त्रालयले मङ्गलवार सार्वजनिक गरेको विवरण हो। सोमवार भने कुल १,२६६ जनाको परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको थियो। मन्त्रालयले सार्वजनिक गरेको गएको एक साताको विवरण हेर्दा कोरोनाभाइरसको सङ्क्रमण क्रमश: बढ्दै गइरहेको जस्तो देखाउछ। नेपालमा अहिले दैनिक औसतमा एक हजार जति नमुनाको परीक्षण भइरहेको मन्त्रालयको विवरणमा देखिन्छ।एक साताअघि चैत ७ र ८ गते सङ्क्रमण शून्य थियो।

© 2026 esewanews.com.np All rights reserved.