Esewanews

मलेसियामा नेपाली श्रमिकको कारुणिक अवस्था ।

Author Esewanews सोमबार, ०६ चैत २०७९

views
मलेसियामा नेपाली श्रमिकको कारुणिक अवस्था ।

काठमाडौँमलेसियाको राजधानी क्वालालम्पुरस्थित कतरिया सडकको कार पार्किङ गर्ने स्थानमा एक व्यक्ति अलपत्र अवस्थामा लडिरहेको भेटिए नेपालीजस्ता लागेपछि चासो राख्दा उनले आफ्नो साथको नागरिकता देखाए उनी रहेछन् बाजुराका मकिन्द्रबहादुर शाही नागरिकताअनुसार उनको ठेगाना साबिकको बाई गाविस२ हो  अस्वाभाविक व्यवहार देखाउने उनको कुराकानीमा लय थिएन मानसिक असन्तुलन भएजस्तो देखिन्थ्यो एक थान फुटेको मोबाइल बोकेका उनले १४ दिनेदेखि भोकै रहेको बताए कम्पनीको तालिम चलिरहेकाले आफू पार्किङमा आराम गर्न आएको पनि बताए बोल्दाबोल्दै उनको लय बिग्रियो, ‘नेपालबाट हेलिकोप्टर लिन आउँछ, अनि जाने हो नेपालको राजा हो, भगवान् होउनले काम गर्ने कम्पनीको नाम र बसाइबारे पनि बताउन सकेनन् तर, आठ वर्षअघि मलेसिया आएको तथा घरमा श्रीमती र छोरी भएको बताए नागरिकतामा उल्लेख भएअनुसार उनकी श्रीमतीको नाम नानी शाही हो १३ जेठ ०४९ मा जन्मिएका उनी रंगवीर शाहीका छोरा हुन् 

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष विनोद थापाले अलपत्र शाहीलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए संघले विपत्मा परेका कामदारका लागि सहयोग गर्दै आएको बताउँदै उनले संघकै सेल्टरमा राख्न तयार रहेको पनि बताए सन् २०१८ मा नेपाल र मलेसिया सरकारबीच फ्री भिसा र फ्री टिकटमा नेपाली कामदार लैजाने सम्झौता भएको थियो साथै, मलेसिया सरकारले हालै आफ्नो देशमा कार्यरत कामदारलाई मासिक १५ सय रिंगेट (नेपाली झन्डै ४५ हजार रुपैयाँ) आधारभूत तलब दिने व्यवस्था गरेको छ त्यसपछि पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीका लागि मलेसिया आकर्षणको केन्द्रबिन्दु बनेको छ मलेसियामा झन्डै चार लाख नेपाली कामदार रहेको अनुमान  नयाँ पत्रीका बाट ।

© 2026 esewanews.com.np All rights reserved.