Esewanews

विद्यालयमा बाँसबाट बनेका डस्टबिन प्रयोग ।

Author Esewanews आइतबार, ०५ चैत २०७९

views
विद्यालयमा बाँसबाट बनेका डस्टबिन प्रयोग ।

काठमाडौँतनहुँ विद्यार्थीलाई स्थानीय श्रोतसाधनको उपयोग र वातावरणमैत्री क्रियाकलापमा अभ्यस्त बनाउन विद्यालयमा बाँसबाट निर्मित डस्टबिन लगायतका सामग्री प्रयोग गर्न थालिएको छ ।आँबुखैरेनी गाउँपालिका६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई स्थानीय स्तरमै उपलब्ध श्रोतसाधनको अधिकतम् उपयोग गरी कसरी लाभ लिन सकिन्छ भन्ने शिक्षा दिन बाँसको डस्टबिन प्रयोगमा ल्याएको हो  गाउँघरमा सहजै उपलब्ध हुने बाँसबाट डोको तथा शैक्षिक सामग्रीहरु तयार गरी विद्यालयमा प्रयोग गर्न थालेको छ । बाँसको डोकोलाई डस्टबिनका रुपमा प्रयोग गर्दा प्लाष्टिकजन्य वस्तुको प्रयोग हटेको छ । प्लाष्टिकजन्य वस्तुको प्रयोग नगरी वातावरणमैत्री स्थानीय स्तरमै पाइने वस्तुको प्रयोग गर्दा आर्थिक भार पनि कम भएको छ  डोको प्रयोग गर्दा विद्यार्थीहरुलाई गाउँघरमै पाइने यस्ता वस्तुको प्रयोग गरी कसरी लाभ लिन सकिन्छ र वातावरणमैत्री क्रियाकलापका विषयमा पनि सिकाउन सहज भएको छ  यस्तै, शिक्षकहरुले विद्यार्थीलाई सामाजिक कार्यमा कसरी सहभागी बनाउन सकिन्छ भन्ने शिक्षा दिन आफैंले विद्यालय भवनका जीर्ण भर्‍याङ, ढोका, भवनका भित्ता, खेलमैदान सरसफाई, मर्मतसुधार तथा रङ्गरोगन पनि गर्दै आएका छन् । आँबुखैरेनी गाउँपालिकाको विकट क्षेत्रमा रहेको यस विद्यालयमा विशेषगरी जनजाति समुदायका करिब १३२ जना विद्यार्थी अध्ययनरत छन् । यीमध्ये अधिकांश विद्यार्थीहरु डेढ/दुई घण्टा हिँडेर विद्यालय आउनेजाने गर्छन् 

© 2026 esewanews.com.np All rights reserved.