Esewanews

झाडापखालाबाट जाजरकोटमा एक जनाको मृत्यु ।

Author Esewanews सोमबार, २२ फागुन २०७९

views
झाडापखालाबाट जाजरकोटमा  एक जनाको मृत्यु ।

जाजरकोट जाजरकोट हरेक जसो बर्ष झाडापखालाका कारण थुप्रै नागरीकहरुले अकालमै ज्यान गुमाउदै आईराखेकाछन् । सरकारले दुर्गम क्षेत्रमा समयमै औषधि वितरणलाई व्यवस्थित गर्न सकिरहेको छैन । जसले गर्दा दुर्गममा बसोबास गर्ने नागरिकहरु आधारभुत स्वास्थ्य सेवा बाट बञ्चित हुनुपरेको छ । यो समस्या एकपटक होईन बर्षौ देखी थाति राखीएको छ । जसले गर्दा आज जुनीचाँदे गाउँपालिकामा झाडापखालाका कारण एक जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका-७ जुनीका ५१ वर्षीय जयराज रोका मगरको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताए। गत फागुन १८ गतेदेखि झाडापखाला लागी बिरामी भएका रोकाको समयमै उपचार नहुदाँ मृत्यु भएको छ । साथै उनका छोरा १४ वर्षीय अनमोल रोका मगर पनी बिरामी छन्  आइतबार स्वास्थ्य शाखा मजकोट र प्रहरी चौकी मजकोटको टोली उक्त स्थानमा पुगेर अनमोलको प्राथमिक उपचार गरेको बताएको छ । उनलाई थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको अधीकारीहरुले बताएका छन्। उक्त गाउँपालिकामा असोजदेखि औषधि अभाव छ। गाउँपालिकाले मंसिरमा २१ लाख ५० हजारको औषधि खरिद गर्दा समेत स्वास्थ्य संस्थामा नदिएको स्वास्थ्यकर्मीहरूको गुनासो छ।

 

© 2026 esewanews.com.np All rights reserved.