Esewanews

भारत मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्दै ।

Author Esewanews बिहिबार, १८ फागुन २०७९

views

काठमाडौँ नेपाल सरकारले विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा मुस्ताङ बौद्ध कलेजखोल्न भारत अग्रसर भएको छ तिब्बती खम्पाहरूले चार दशकअघि चीन सरकारविरुद्ध विद्रोह गरेका कारण मुस्ताङको फल्याक क्षेत्र संवेदनशील मानिन्छ अहिले त्यही क्षेत्र छानेर आयोजना बनाउन भारतीय दूतावासले नेपाल सरकारसँग अनुमति मागेको  लोघेकर दामोदरकुण्ड गाउँपालिकाको पर्यटकीय हिसाबले आकर्षक गन्तव्यका रूपमा रहेको चिसो मरुभूमिमा भारतले बौद्ध कलेज खोल्न खोजी राखेको छ। २०२८ सालमा चिन बिरुद्ध भएको खम्पा बिद्रोह पछि उक्त क्षेत्र बिदेशीहरुलाई हिडडुल गर्न समेत सरकारले निषेध गरेको थियो । खम्पा विद्रोह नियन्त्रणका लागि सरकारले २०२८ सालमा मुस्ताङका तीन दर्जनभन्दा बढी स्थान विदेशीका लागि निषेधित गरेको थियोजस्तो बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नं. , लोमन्थाङ गाउँपालिकाको वडा नं. १ र ५ तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं. १ र ५ अहिले पनि निषेधित क्षेत्रमा पर्छन् ती क्षेत्रमा ट्रेकिङमा जान विदेशीले छुट्टै स्वीकृति लिनुपर्छ र नेपाली गाइडका साथमा मात्र जान पाउँछन्। पछिल्लो चरण देशमा बिदेसिहरुको अस्वभाविक हस्तक्षेप र चलखेल बढेको छ । यही बेला तिब्बती शरणार्थीका लागि सञ्चालन गर्न लागिएको परियोजनामा लगानी गर्न भारत अग्रसर भएको हो

मुस्ताङको फल्याक क्षेत्रमा बौद्ध कलेज स्थापना गर्न भारतले ७० करोड ३३ लाख नेपाली रुपैयाँ अनुदान दिने भएको छ काठमाडौंस्थित भारतीय दूतावासले कलेज निर्माणका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाबाट प्रस्ताव आएको भारतको अनुदानमा निर्माण गर्ने अनुमतिका लागि नेपालसँग आग्रह गरिएको जनाएको दूतावासका अनुसार मुस्ताङ साक्या बौद्ध संघले कलेज खोल्ने गरी बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाले प्रस्ताव पठाएको हो अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको सहमति प्राप्त भएपछि परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गर्न सकिने दूतावासको भनाइ यो संस्था (कलेज) ले मुस्ताङ र यसको वरपर रहेका जिल्लाका भिक्षुहरूलाई मात्र होइन, विदेशी विद्यार्थीलाई आध्यात्मिक, शिक्षा, संस्कृति र पूर्वाधार विकासमा आकर्षित गर्न सक्छ,’ दूतावासको विकास साझेदारी एवं पुनर्निर्माण प्रभागद्वारा माघ ११ मा अर्थ मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख गरीएको छ बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार मुस्ताङ साक्या बौद्ध संघले बौद्ध कलेज स्थापना गर्न लागेको हो बजेटदेखि जग्गासम्म केहीमा पनि गाउँपालिकाको सहयोग छैन,’ उनले भने, ‘मुस्ताङ साक्या बौद्ध संघले आफ्नै खर्च र दानमा जग्गा किनिसकेको छ अब कलेज निर्माण गर्न लागेको सरकारका एक उच्च अधिकारी भने माथिल्लो मुस्ताङजस्तो निषेधित र संवेदनशील क्षेत्रमा विदेशी सहयोगमा परियोजना सञ्चालन गर्ने र विदेशी विद्यार्थीसमेत जम्मा गर्ने विषयले नेपालको भूराजनीतिमा जटिलता बढाउने बताउँछन् कलेज खोल्ने भनिएको स्थान संवेदनशील छ, त्यहाँ त्यो तहको कलेज आवश्यक छैन भने पनि विदेशी सहयोग किन? विदेशी विद्यार्थी त्यो क्षेत्रमा किन लग्ने? यसबारेमा हामीले राजनीतिक नेता र सम्बन्धित निकायलाई सचेत गराइसकेका छौं,’ उनी भन्छन्, ‘यसलाई बेलैमा रोकिएन भने भूराजनीतिमा थप झमेला आउन सक्छ। स्रोत कान्तीपुर ।

© 2026 esewanews.com.np All rights reserved.