किसानहरु पनि आन्दोलीत ।
Esewanews
|
शनिबार, १३ फागुन २०७९
काठमाडौँ–चितवनका किसानले कृषि औजारसहितको प्रदर्शन गरेका छन्।उत्पादनको उचित मूल्य नपाएपछि तरकारी राजमार्गमा फालेर २० माघमा विरोध प्रदर्शन गरेका चितवनका किसानहरु आफ्नो माग पूरा नभएको भन्दै पुनः विरोधमा उत्रिएका हुन्। विभिन्न ठाउँबाट केन्द्रीय बसपार्कमा जम्मा भएका किसान दर्जनौँ ट्याक्टरमा कृषि औजार र विरोधका प्रचार सामग्रीसहित पूर्व-पश्चिम राजमार्गको पुल्चोकसम्म किसान मार्चपास गरेकाछन्। किसानको माग लेखिएको ब्यानरसहित दुई सयभन्दा बढी कालो बेलुन पुल्चोकमा उडाएर किसानले विरोध गरेकाहुन । यसअघि संघीय कृषिमन्त्रीदेखि जिल्ला प्रशासन, कृषि कार्यालय, प्रदेशसहित चितवनका सातवटै स्थानीय तहमा १० बुँदे ज्ञापनपत्र बुझाएका किसानले सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै पुन विरोधमा उत्रिनुपरेको किसान संघर्ष समितिका प्रतिनिधिहरुले जानकारी दिए। किसान संघर्ष समिति चितवनले विदेशी तरकारी आयातलाई निषेध गर्नुपर्ने मागसहित स्वदेशी तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्सान गर्नुपर्ने, किसानको वर्गीकरण गरी किसान कार्ड र पेन्सनको व्यवस्था गर्नुपर्ने, तरकारी तथा कृषिजन्य वस्तुहरूमा लागत मूल्य नउठेमा सरकारले अनुदान दिनुपर्ने, उत्पादन र क्षेत्रफलका आधारमा अनुदान दिनुपर्नेलगायत १० बुँदे माग राखेकाछन । नयाँ पत्रिका बाट ।