Esewanews

पश्चिमा राष्ट्रहरूले युद्ध सुरु गरेको पुटिनको भनाई ।

Author Esewanews बुधबार, १० फागुन २०७९

views
पश्चिमा राष्ट्रहरूले युद्ध सुरु गरेको पुटिनको भनाई ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक वर्षदेखि जारी युद्धका लागि पश्चिमा राष्ट्रहरू जिम्मेवार रहेको बताएका छन्। रुसको संसद्‍मा सम्बोधन गर्दै उनले युक्रेनलाई पश्चिमा राष्ट्रहरूले रुसविरोधीबनाउने प्रयास गरेको बताउँदै आफ्नो देशको अस्तित्व खतरामा रहेको बताएका छन्।पुटिनले युक्रेनको पूर्वी भेगमा रहेको डोनबास क्षेत्रको द्वन्द्व शान्तिपूर्ण रूपमा समाधान गर्न खोजेको दाबी गरेका छन्। पश्चिमा राष्ट्रहरूको शान्तिप्रतिको प्रतिबद्धता "धोखा" र "क्रूर झूट" रहेको पाइएको उनले बताए। हामीले यो समस्यालाई शान्तिपूर्ण रूपमा समाधान गर्न सक्दो प्रयास गरिरहेका थियौँ, यो कठिन द्वन्द्वबाट शान्तिपूर्ण तरिकाले वार्ता गर्दैछौँ। तर हाम्रो पछाडि एकदमै फरक परिदृश्य तयार भइरहेको थियो,’’ उनले भने। राजनीतिक कारणले भएका हत्याहरू, विश्वास गरेकाहरू माथिको दुर्व्यवहारप्रति आँखा चिम्लिएर उनीहरू [पश्चिमा राष्ट्रहरूले] मात्र थप समय प्राप्त गर्न खोजिरहेका थिए," पुटिनले थपे। सम्बोधनको क्रममा उनले युद्धले रुसमा पारेको प्रभावबारे चर्चा गर्दै अग्रपङ्गतिमा खटिएकादेखि शिक्षक अनि कृषकसम्मलाई धन्यवाद दिएका छन्। झन्डै दुई घन्टा लामो सम्बोधनका क्रममा पुटिनले आफूहरूले युक्रेनका नागरिक विरुद्ध युद्ध नगरेको जनाएका छन्।

 

पुटिनले पछिल्ला वर्षहरूमा पश्चिमी हस्तक्षेपलाई "आतङ्कको अभियान" को संज्ञा दिएका छन्। म यो दोहोर्‍याउन चाहन्छु कि उनीहरू युद्धका लागि दोषी छन् र हामीले यसलाई रोक्नको लागि आफ्नो शक्ति प्रयोग गरिरहेका छौँ। यसैबीच अमेरिका र रुसबीचको न्यू स्टार्टभनिने अस्त्र घटाउने सम्बन्धि एक रणनीतिक सन्धिबाट आफ्नो सहभागिता रद्द गर्ने पुटिनले घोषणा गरेका छन्। म आज घोषणा गर्न बाध्य छु कि रुसले सामरिक महत्त्व भएका र आक्रमण गर्न प्रयोग गरिने अस्त्रहरूसँग सम्बन्धित सन्धिबाट सहभागिता निलम्बन गर्दैछ," उनले भने। अमेरिकाले पारमाणविक अस्त्र परीक्षण गरे रुस पनि त्यस्तो गर्न तयार रहनुपर्ने उनले बताए। न्यू स्टार्टरुस र अमेरिकाबीचको बाँकी रहेको अन्तिममध्येको पारमाणविक हतियार सम्बन्धी सम्झौता हो। सन् २०२१मा उक्त सन्धिको समयसीमा पाँच वर्षका लागि थप गरिएको थियो। सन् २०१०मा हस्ताक्षर गरिएको उक्त सन्धिले दुवै पक्षलाई १,५५० वटा लामो दूरीमा प्रहार गर्ने पारमाणविक युद्धशीर्षमा सीमित गरिदिएको थियो।

© 2026 esewanews.com.np All rights reserved.