Esewanews

सरकार र धर्नारत महिलाहरुबीच तीन बुँदे सहमति ।

Author Esewanews बुधबार, ०३ फागुन २०७९

views
सरकार र धर्नारत महिलाहरुबीच तीन बुँदे सहमति ।

काठमाडौँ बाँकेकी एकल महिला निर्मला कुर्मीको शरीर बन्धक, अपहरण र हत्या सम्बन्धित मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने भएको छ । सरकारले मुद्दामा गहिरो अनुसन्धान र अभियोजन गरी मुद्दा अघि बढाउने सहमतिपछि बाँकेबाट काठमाडौं आएर ४८ दिनदेखि माइतीघरको सडकमा धर्ना बसिरहेका महिलाहरूले धर्नाका कार्यक्रम स्थगित गरेका छन् ।मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले धर्नारत महिलाहरूसँग छलफलपछि गृहसचिव विनोद प्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई बोलाएर मुद्दामा विशेष अनुसन्धान टोली गरी न्यायिक प्रक्रियामा अघि बढाउन निर्देशन दिएका थिए  प्रधानमन्त्रीको निर्देशनपछि मंगलबारै गृहमन्त्रालयमा भएको छलफलपछि धर्नारत महिलाहरू र सरकारबीच तीन बुँदे सहमति भएको छ । सहमतिपछि ४८ दिनदेखि जारी रहेको धर्ना स्थगित गरिएको धर्नाको नेतृत्व गरिरहेकी महिला अधिकारकर्मी रुबी खानले बताउनु भएको छ। सहमतिपछि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले माइतीघर पुगेर धर्नारत महिलाहरूसँग भएको सहमतिपत्र सार्वजनिक गरेका छन् । सहमति पत्र ।


© 2026 esewanews.com.np All rights reserved.