Esewanews

सरकारले यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्दै ।

Author Esewanews मङ्गलबार, ०२ फागुन २०७९

views

काठमाडौँसरकारले आज यातायात मजदुर तथाव्यवसायीसँग वार्ता गर्ने भएको छ। उपप्रधान एवम भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मंगलबारै वार्ताको लागि पहल गर्ने बताएका छन् । मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका अनुसार मन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिलाई आज बिहान साढे ८ बजे छलफलका लागि मन्त्रालयमा बोलाएका छन् । 

© 2026 esewanews.com.np All rights reserved.