Esewanews

तनाबग्रस्त बालाजु,मंगलबार देखि काठमाडौँमा सार्वजनिक यातायात नचलाउने घोषणा ।

Author Esewanews मङ्गलबार, ०२ फागुन २०७९

views
तनाबग्रस्त बालाजु,मंगलबार देखि काठमाडौँमा सार्वजनिक यातायात नचलाउने घोषणा ।

काठमाडौँ यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन्  सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै विरोधको रुपमा उनीहरूले यातायात नचलाउने घोषणा गरेका हुन् । सोमबार सवारी चालकहरूले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध सडकमा प्रदर्शन गरेका थिए । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्धसमेत गरेका थिए  गत सोमबार नयाँ बसपार्क क्षेत्रमा श्रमिकहरूमाथि नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय कम्पनीसँग सम्बद्ध व्यक्तिहरूको समूहले आक्रमण गरेका थिए । आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाही नगरिएकोमा समेत सवारी मजदुरहरूको आपत्ति छ  सोमबार नै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बिज्ञप्तिको पुर्ण पाठ ।


© 2026 esewanews.com.np All rights reserved.