Esewanews

सरकारले तोकेको उखुको मुल्य प्रति किसानको असन्तुष्टि ।

Author Esewanews बिहिबार, ०५ माघ २०७९

views
सरकारले तोकेको उखुको मुल्य प्रति किसानको असन्तुष्टि ।

 

काठमाडौंसरकारले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षको बिक्री मूल्य निर्धारण गरेको हो । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय गरेको हो। गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो भने ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको थियो । अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो । सरकारले यसअघि आर्थिक वर्ष (आव) ०७७/७८ मा उखुको बिक्री मूल्य ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।

सरकारले तोकेको उखुको मूल्यमा किसानहरु भने असन्तुष्ट छन् । किसान प्रतिनिधिहरुले पछिल्लो केही वर्षमा बढेको चिनीको मूल्यका आधारमा उखुको मूल्य तोक्नु पर्ने माग गरिरहेका छन् । उखुको मूल्य प्रतिक्विन्टल ७ सय रुपैयाँ तोक्न माग गरिए पनि कृषि मन्त्रालय ५३५ रुपैयाँबाट माथि नगए पछि थप वार्ता नै नगरिएको उखु उत्पादक किसान महासंघले बताएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार आव २०७७/७८ मा नेपालमा ३१ लाख ६० हजार मेट्रिकटन उखु उत्पादन भएको थियो ।

© 2026 esewanews.com.np All rights reserved.