Esewanews

आगोले जलेर गम्भीर घाइते ।

Author Esewanews बिहिबार, २१ पुस २०७९

views

राउटेका महामुखिया मैनबहादुर शाहीका ४० वर्षीय छोरा नारायण शाही आगोमा जलेर घाइते भएका छन्। दैलेख सदरमुकामको नारायण नगरपालिका८ सिमाडामा बसोवास गरेका राउटे समुदायका युवा नारायण शाही चिसो छल्न आगोनजिक सुतेको अवस्थामा जलेका हुन्। चुलोमा आगो बालेरै सुतेको र सिरक हुँदै आगो शरीरभरि सल्किएपछि उनी  घाइते भएका छन्। अहिले उनलाई स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका लागि ल्याइएको राउटे समुदायमा काम गर्ने शिक्षक लालबहादुर खत्रीले जानकारी दिएका छन्। चिसोका कारण राति दाउरा बालेर उनीसहित अन्य चारजना सुतेका थिए। अन्य परिवारलाई भने केही भएको छैन। शरीरको ३० प्रतिशत भाग जलेको छ। प्राथमिक उपचारपछि उनलाई सुर्खेत रिफर गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ । नयाँ पत्रिका ।

© 2026 esewanews.com.np All rights reserved.