Esewanews

जनतालाई प्रहरी घेरामा राखेर एमसीसी परियोजनाको सर्वे ।

Author Esewanews सोमबार, १८ पुस २०७९

views
जनतालाई प्रहरी घेरामा राखेर एमसीसी परियोजनाको सर्वे ।

काठमाडौँको शंखरापुरा-३ मा निर्माण हुन लागेको एमसीसी परियोजना अन्तर्गतको विध्युत प्रशारण लाइन (सबस्टेशन) अन्यत्र सार्न माग गर्दै स्थानीयले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । कुनै हालतमा सबस्टेशन निर्माण गर्न नदिने तयारीका साथ  वडाध्यक्षसहितका स्थानीय आज आन्दोलनमा उत्रिएपछि नेपाल विध्युत प्राधिकरणले प्रहरी लगाएर हस्तक्षेप गरेको हो । सो क्रममा उनीहरुले 'एमसीसी चाहिंदैन', 'स्थानीयको जग्गा अतिक्रमण गर्न पाइँदैन', 'प्रहरी दमन मूर्दावाद',  'प्रहरी फिर्ता गर', 'मानव अधिकार हनन गर्न पाइँदैन', 'राज्य आतंक बन्द गर', 'सबस्टेशन तुरुन्त स्थानान्तरण गर' जस्ता नारा लगाएका थिए । 

त्यसपछि आयोजना प्रमुख जुजुरत्न शाक्यसहितको टोली त्यहाँ पुगेको थियो । तर, वडाध्यक्ष सूर्यबहादुर तामाङको रोहबरमा आन्दोलनकारीले शाक्यलाई पत्र दिई त्यहाँबाट तुरुन्त हट्न निर्देशन दिएका थिए । सो क्रममा आन्दोलनकारीले आफ्नो लालपुर्जा फिर्ता माग्दै क्षतिपूर्ति रकम फिर्ता लैजान भनेका थिए । आन्दोलनकारी चर्कोरुपमा प्रस्तुत हुन थालेपछि सशस्त्र र नेपाल प्रहरी परिचालन गरी उनीहरुलाई घेरा हालेर सर्भे गराइएको छ । त्यसक्रममा झडप हुँदा दुई जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यलाई त्यहाँबाट हटाइएको छ । एमसीसीको लगानीमा शंखरापुरा-३मा १९२ रोपनी क्षेत्रफलमा तामाकोशी विध्युत प्रशारण लाइनको सनस्टेशन  निर्माण गर्न लागिएको हो । जनआस्था ।

© 2026 esewanews.com.np All rights reserved.