भारतबाट आएका एक जनामा कोरोना पुष्टि नयाँ भेरियन्ट भएको आशंका ।
Esewanews
|
शुक्रबार, १५ पुस २०७९
भारतबाट फर्किएका एक जना नेपालीमा कोरोना पुष्टि भएको छ। नेपाल-भारत सीमा नाका नेपालगन्ज जमुनाहस्थित हेल्थडेस्कमा जाँच गर्दा भारतबाट फर्किँदै गरेकी जाजरकोटकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।बिहीबार कोरोना पुष्टि भएका महिलालाई होम आइसोलेनसमा राखिने भएको छ। उक्त महिलामा पुष्टि भएको कोरोना कोभिडको नयाँ भेरियन्ट बिएफ डट ७ संक्रमण भएको आशंका गरिएको छ। यसैबीच, जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसी) को बैठकले कोरोनासम्बन्धी सचेतना फैलाउने, जमुनाह नाकामा फेला परेका संक्रमितलाई होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने, स्वास्थ्य मापदण्ड अपनाउने व्यवस्था मिलाउन र अति आवश्यक कामबाहेक किनमेलका लागि भारतका कुनै सहरमा नजान आग्रह गर्ने निर्णय गरेको फोकल पर्सन ओलीले बताए।नयाँ पत्रिका ।