Esewanews

नेपाल राष्ट्रबैंकका गभर्नरको सेवा सुबिधा कति हुन्छ ।

Author Esewanews बुधबार, १३ पुस २०७९

views
नेपाल राष्ट्रबैंकका गभर्नरको सेवा सुबिधा कति हुन्छ ।

काठमाडौंनेपाली नोटमा हस्ताक्षर गर्ने नेपाल राष्ट्र बैंकका गभर्नरको सेवासुविधा र तलबभत्ता कति हुन्छ यस बारे नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा हेर्दा प्रतिमहिना ४ लाख ८ हजार ७७१ रुपैयाँ २५ पैसा प्राप्त गर्ने देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीलाई  १४ लाख १८ हजार ४०० रुपैयाँ तलब र ३ लाख ५ हजार बैंठक भत्ता र अन्य सेवा सुविधा सहित ४९ लाख ५ हजार २५५ रुपैयाँ भुक्तानी गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख्य छ । 

 

© 2026 esewanews.com.np All rights reserved.