नेपालले भारत र चीनमा कति विप्रेषण पठाउछ ?
Esewanews
|
सोमबार, ११ पुस २०७९
नेपालबाट बाहिर गएको रेमिट्यान्सको ठूलो हिस्सा भारतमा गएको तथ्याङ्कले देखाउँछ। नेपाल र भारतबाट एक अर्काको मुलुकमा जाने विप्रेषणको आँकडा लगभग उस्तै रहेको विश्व ब्याङ्कको तथ्याङ्कले देखाएको छ। सन् २०२१ मा भारतबाट नेपाल भित्रिएको अनुमानित रेमिट्यान्स रकम २ खर्ब ९ अर्ब रुपियाँ पाइएको छ। त्यसै गरी नेपालबाट अनुमानित २ खर्ब ११ अर्ब रुपियाँ भन्दा केही बढी रकम भारतमा विप्रेषणका रूपमा पठाइएको वर्ल्ड ब्याङ्कको बाइलेट्रल रेमिट्यान्स म्याट्रिक्समा उल्लेख छ। भने झन्डै ११ अर्ब रुपियाँ चीन पठाइएको सो तथ्याङ्कमा जनाइएको छ।