Esewanews

नासा मङ्गल ग्रहमा जीवन खोज्दै ।

Author Esewanews शुक्रबार, ०८ पुस २०७९

views
नासा मङ्गल ग्रहमा जीवन खोज्दै ।

अमेरिकी अन्तरिक्ष निकाय नासाले पठाएको पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा त्यहाँ सङ्कलित चट्टानका नमुनाहरू मिलाएर राख्न थाल्नेछ भविष्यमा मङ्गल ग्रहबाट फेरि सङ्कलन गरेर पृथ्वी ल्याउने उद्देश्यसहित चट्टानका ती नमुनाहरू ससाना टाइटेनिअम ट्यूबमा राखिएको छ। मङ्गल ग्रहमा जीवको अस्तित्व छ कि छैन भन्ने पत्ता लगाउन यो अभियानलाई एउटा मुख्य कोसेढुङ्गा मानिएको छ। मङ्गल ग्रहका चट्टान र माटोका नमुनाको पृथ्वीका प्रयोगशालामा अध्ययन गरेर मात्र त्यो कुराको निर्क्योल निकाल्न सकिने वैज्ञानिकहरूको भनाइ छ। पर्सिभिअरन्स यानले 'जेजेरो खाडल' मा अन्वेषण गरिरहेको स्थानको भुइँमा १० वटा सिलिन्डर राख्नेछ। ती स्थानमा पत्रे चट्टान र ज्वालामुखी विस्फोटनपछि बनेको आग्नेय चट्टानको मिश्रण छ। पर्सिभिअरन्स रोबटले विगत १५ महिनादेखि ती स्थानमा 'ड्रिल' गरिरहेको छ। त्यसमा मङ्गल ग्रहको माटो र वायुका नमुनाहरू पनि हुनेछन्।

© 2026 esewanews.com.np All rights reserved.