Esewanews

देउवा र गगन बीच संसदीय दलमा प्रतिस्पर्धा हुदैँ ।

Author Esewanews बुधबार, ०६ पुस २०७९

views
देउवा र गगन बीच संसदीय दलमा प्रतिस्पर्धा हुदैँ ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको नेता बन्नका लागि वर्तमान प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ। देउवाइतर समूहले थापालाई एकल उम्मेदवार बनाउने निर्णय गरेपछि उनीहरूबीच प्रतिस्पर्धा हुने भएको हो। पार्टी सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहेकाछन्। गगन थापाको प्रस्तावकमा डा. शेखर कोइराला बनेकाछन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद छन्। संसदीय दलको निर्वाचनमा तिनै ८९ जना सांसदले मत दिन पाउनेछन्। संख्याको हिसाबमा हेर्दा ५० जनाभन्दा बढी सांसदहरू देउवा पक्षका रहेको जानकारहरु बताउ छन्। त्यस हिसाबले संसदीय दलमा देउवाले नै जित्ने सम्भावना बढी देखिन्छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन भने बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ।

© 2026 esewanews.com.np All rights reserved.