Esewanews

नेपाल भारत संयुक्त सैनिक अभ्यास सुरु ।

Author Esewanews शनिबार, ०२ पुस २०७९

views
नेपाल भारत संयुक्त सैनिक अभ्यास सुरु ।

कोभिड–१९ संक्रमण सुरु भएपछि २ वर्ष रोकिएको नेपाल भारत संयुक्त सैनिक अभ्यास सुरु भएको छ । नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास गर्दै आएको छ ।  रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी   यामप्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच संयुक्त अभ्यासको उद्घाटन गरेका हुन् । विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी सञ्चालन भएको उक्त संयुक्त अभ्यासको यो १६ औं संस्करण हो । संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन् । उक्त अभ्यास पुस १४ गतेसम्म चल्ने छ ।

© 2026 esewanews.com.np All rights reserved.