Esewanews

कतार विश्वकमा कसले जित्ला गोल्डन बुट?

Author Esewanews शनिबार, २४ मंसिर २०७९

views
कतार विश्वकमा कसले जित्ला गोल्डन बुट?

फ्रान्सका स्ट्राइकर किलियान एमबापे पाँच गोलसहित कतार विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमध्ये अग्रपङ्क्तिमा छन्। अरू खेलाडी उनी पछिपछि छन्। आर्जेन्टिनाका लियोनल मेस्सी, इङ्ग्ल्यान्डका बुकायो साका र मार्कस रास्फर्ड, पोर्चुगलका ह्याट्रिक हिरो गोन्सालो रामोस, फ्रान्सका सदाबहार सर्वाधिक गोलकर्ता ओलिभर जिरू, ब्रजिलका रिचार्लिसन र नेदरल्यान्ड्सका कोडी गाक्पो सबैले तीन-तीन गोल गरेका छन्।

बाँकी आठ खेलमा माथि नाम उल्लेख नभएका इङ्ग्ल्यान्डका ह्यारी केन, ब्रजिलका चामत्कारिक खेलाडी नेइमार र पोर्चुगलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले धेरै गोल गरेर गोल्डन बुट नै जित्ने पो हुन् कि? अहिलेसम्म उनीहरूले एक-‍एक गोल मात्र गरेका छन्।

© 2026 esewanews.com.np All rights reserved.