Esewanews

परमाणु युद्धको जोखिम बढेको पुटिनको चेतावनी ।

Author Esewanews शुक्रबार, २३ मंसिर २०७९

views
परमाणु युद्धको जोखिम बढेको पुटिनको चेतावनी ।

भ्लादिमिर पुटिनले परमाणु युद्धको जोखिम बढिरहेको बताएका छन्। तर उनले रुसले दिमागी सन्तुलन नगुमाएकोर सुरुमा परमाणु अस्त्र प्रयोग नगर्ने जनाएका छन्। रुसी राष्ट्रपतिले आफ्नो देशले हमलाको जबाफमा मात्र आम विनाशकारी अस्त्र प्रयोग गर्नेमा जोड दिएका छन्। रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा बोल्दै उनले युक्रेन युद्ध एउटा "लामो प्रक्रिया" हुनसक्ने बताएका छन्। उनले मस्कोबाट भिडिओ लिङ्कमार्फत् बोलेका थिए। तर उनले रुसले कसैलाई पनि परमाणु अस्त्रले नधम्क्याउने बताए।"हामीले मानसिक सन्तुलन गुमाएका छैनौँ, परमाणु अस्त्रहरू के हुन् भन्ने हामीलाई थाहा छ," उनले भने। "हामी रेजर नचाए जसरी यस अस्त्रलाई लिएर विश्वलाई धम्क्याउनपट्टि लागेका छैनौँ।

पुटिनले रुससँग विश्वमै सबैभन्दा आधुनिक र परिष्कृत परमाणु अस्त्रहरू रहेको समेत दाबी गर्दै आफ्ना परमाणु रणनीतिलाई अमेरिकासँग तुलना गरे। जस क्रममा पुटिनले अमेरिकाले आफ्ना परमाणु अस्त्रहरू अरूका भूभागमा समेत राखेको बताए। "हाम्रा रणनीतिक सहितका परमाणु अस्त्रहरू अन्य देशका भूभागमा छैनन् तर अमेरिकीका टर्की र अन्य कैयौँ युरोपेली देशमा छन्," पुटिनले भने। उनले युक्रेनमा "उल्लेख्य" नतिजा देखा परिसकेको बताएका छन्।

© 2026 esewanews.com.np All rights reserved.