Esewanews

उडिरहेको विमानमा पनि मोबाइल फोन प्रयोग गर्न दिने तयारी ।

Author Esewanews सोमबार, १९ मंसिर २०७९

views
उडिरहेको विमानमा पनि मोबाइल फोन प्रयोग गर्न दिने तयारी ।

युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि अब छिट्टै मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन्। उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभ जी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको छ। यसको अर्थ विमानका यात्रुहरूले अब आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहन पर्दैन। यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट छैन। युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई विमानका लागि फाइभ जी फ्रिक्वेन्सी उपलब्ध गराउन आगामी वर्षको जुन ३० सम्मको समय दिइएको छ। यस्तो प्रविधि तयार भएपछि मानिसहरूले उडिरहेको विमानबाट पनि फोन गर्न सक्छन् र मोबाइल डेटाको प्रयोग  गर्न सक्छन् र गीत सङ्गीत सुन्न र भिडिओ पनि हेर्न सक्छन्।

© 2026 esewanews.com.np All rights reserved.