Esewanews

धनगढीमा निषेधाज्ञा जारी ।

Author Esewanews शुक्रबार, १६ मंसिर २०७९

views

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ। बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ। धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत गणेश साउँदकी छोरी १५ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएपछि धनगढी तनावग्रस्त बनेको छ। विद्यार्थी तथा स्थानीय घटनाको विरोध गर्दै आन्दोलनमा उत्रिएका छन्। धनगढीस्याउले सडक अवरुद्ध पारेका छन्। आज बिहान धनगढी उपमहानगरपालिका५ तारानगरकी चेतनाको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साउँदको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। कैलाली जिल्ला प्रशासन कार्यालयले निकालेको सुचना सहित ।

 

© 2026 esewanews.com.np All rights reserved.