Esewanews

नेकपा (क्रान्तिकारी माओवादी) निकट संगठनहरुले बिरोध जनाए।

Author Esewanews बुधबार, १४ मंसिर २०७९

views
नेकपा (क्रान्तिकारी माओवादी) निकट संगठनहरुले बिरोध जनाए।

काठमाडौँको थापाथली स्थित सुकुम्बासिहरुलाई बैकल्पीक ब्यवस्था बिनानै काठमाडौँ महानगरले हटाउन खोजेकोमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासं, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघले संयुक्त प्रेस बिज्ञप्ति निकालेर बिरोध जनाएका छन् । प्रेस बिज्ञप्तिको पुर्ण पाठ सहित ।

सरकार, काठमाडौ महानगरपालिका र एकीकृत बाग्मती सभ्यता विकास समिति समेतले काठमाडौको थापाथली नजिकै वाग्मती किनारको सुकुम्बासी बस्ती उठिबास लगाउने हेतुले सुकुम्बासी बस्तीमा दमन र आतंक सृष्टि गरेको घटना प्रति हाम्रो संगठनको साझा धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. सुकुम्बासीहरुको प्रश्न कुनै बलात दमन आतंक सृष्टि गरेर समाधान हुने प्रश्न होइन । यो तात्कालिक दृष्टिले मात्रै होइन बरु यसका ऐतिहासिक आयाम र कारणहरुका दृष्टिले यो हाम्रो राज्य संरचना र नीति निर्माणसँग सम्बन्धित प्रश्न हो । यसप्रकारको गम्भीर विषयमा सरकारले जुन प्रकारको नीति लिएको छ, त्यो अवैज्ञानिक, अपरिपक्व र हिंसात्मक छ । जसको पुष्टि मंसिर १२ गतेको आन्दोलनले गरेको छ ।

२. प्रत्येक नागरिकको सामाजिक सुरक्षाको जिम्मेवारी सरकारको हो । सुकुम्बासीहरु हाम्रो देशका नागरिक हुन ।राज्यले उनीहरुको जीवनका संकटलाई निजी संकटको रुपमा बुझ्ने कमजोरी नगरोस । उनीहरुको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीको प्रश्न हल गर्न राज्य तयार हुनुपर्छ । उपरोक्त प्रश्नहरुको सम्बोधन नगरी उनीहरुका घर टहरा भत्काउनु, सुकुम्बासी वस्तीमा आतंक सृष्टि गर्नु र बल प्रयोग गर्नु भनेको राज्य फाँसीवादको बाटोमा अग्रसर हुनु हो । हामी सरकारको यसप्रकारको गतिविधिको तीव्र निन्दा भत्सर्ना गर्दै यसप्रकारका गतिविधि तुरुन्त बन्द गर्न र सुकुम्बासी जनताको अधिकार सुनिश्चित गर्न सरकारसँग अपिल गर्दछौं ।

 ३. अन्त्यमा, हामी निरन्तर जनताको मुक्ति र समृद्धिको पक्षमा संघर्ष गर्दै आएका छौं । यसको अर्थ यसपटक पनि हामी सुकुम्बासी जनताको न्यायीक संघर्षको पक्षमा दृढतापूर्वक उभिएका छौं । सुकुम्बासी जनता विरुद्ध राज्यको कुनै पनि दमन हाम्रो निम्ति अस्वीकार्य छ । धन्यवाद ! इश्वर तिमिल्सिना अध्यक्ष अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासं सिताराम तामङ अध्यक्ष अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सन्ध्या प्रधान महासचिव अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ

© 2026 esewanews.com.np All rights reserved.