Esewanews

जलवायु परिवर्तन सम्वन्धि ऐतिहासिक सम्झौता ।

Author Esewanews सोमबार, ०५ मंसिर २०७९

views
जलवायु परिवर्तन सम्वन्धि ऐतिहासिक सम्झौता ।

कोप २७ मा सहभागी झन्डै २०० देशहरूले जलवायु परिवर्तनको नकारात्मक परिणामबाट सबैभन्दा धेरै क्षति बेहोरेका देशहरूलाई रकम उपलब्ध गराउन एउटा कोष स्थापना गर्न सहमति जनाएका छन्। रातभर चलेको वार्तापछि इजिप्टमा भइरहेको उक्त जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा बिहान हुनु अघि त्यस्तो सहमति भएपछि सहभागीहरूले ताली बजाएर त्यसको स्वागत गरेका थिए। गरिब देशहरूलाई सहयोग पुर्‍याउने उक्त सम्झौताको घोषणा अध्यक्ष सामेह शुक्रीले पढेर सुनाएका थिए। जलवायु परिवर्तनका कारण नराम्रो प्रभाव परेका देशहरूलाई मद्दत गर्न एउटा कोष स्थापना गर्ने उक्त सहमति नोक्सानी तथा क्षतिको मुख्य मुद्दामा आधारित रहेको छ र वर्षौँदेखि त्यस्तो सम्झौता हुनु पर्ने भनेर विभिन्न देशहरूले माग गर्दै आएका थिए। साना टापु राष्ट्रहरूको गठबन्धनको अध्यक्षता गरिरहेका मोल्विन जोजफले त्यस्तो सम्झौताको माग गत ३० वर्षदेखि भइरहेको बताएका छन्। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरशले उक्त सम्झौतालाई अति आवश्यक राजनीतिक सङ्केतभनेका छन्। तर उनले त्यो स्पष्ट रूपमा नै पर्याप्त नभएकोभन्दै सावधान पनि गराएका छन्।

 

© 2026 esewanews.com.np All rights reserved.