Esewanews

विरोध खतिवडा किन कुटिए ?

Author Esewanews बुधबार, २३ कात्तिक २०७९

views
विरोध खतिवडा किन कुटिए ?

२२ कात्तिक, हेटौंडा । मकवानपुर२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ । मकवानपुरको मनहरी गाउँपालिका४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो । एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए ।खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइदै गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको उनले बताए ।

 

© 2026 esewanews.com.np All rights reserved.