Esewanews

ईयूद्वारा २०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ता पारित ।

Author Esewanews शनिबार, १२ कात्तिक २०७९

views

काठमाडौँ सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कार प्रभावकारी रुपमा प्रतिबन्ध गर्ने प्रस्ताव यूरोपेली संघ (ईयू) बाट पारित भएको छ । जलवायु परिवर्तनको गतिलाई न्यूनीकरण गर्नका लागि पनि त्यस्ता कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान ईयूका मुलुक एकमत भएका छन्  अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार यससम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने यूरोपेली आयोग, कानुन पारित गर्ने यूरोपियन संसद र कार निर्माता कम्पनीहरु पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् यो सहमतिले यूरोप शून्य कार्बन उत्सर्जनमा केन्द्रित रहेको कुरा पुष्टि गर्छईयू जलवायु नीति प्रमुख फ्रान्स टिम्मरम्यानले भने  साथै नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने प्रस्ताव पनि स्वीकृत भएको छ । यूरोपेली कार उद्योग संघ (एसीईए)ले कार्बन उत्सर्जन बढी गर्ने इन्जिनलाई प्रतिबन्ध गरी अति कम मात्रामा उत्सर्जन हुने इन्जिनलाई प्रोत्साहन गर्न प्रस्ताव गर्दै आएको थियो । ईयूले बिहीबार पूर्णता दिएको सहमतिअनुसार अब यूरोपियन युनियनले २०३५ देखि बिक्री हुने कारबाट कार्बनडाइअक्साइडको मात्रा शून्य गर्नका लागि आवश्यक मस्यौदा तयार गर्नेछ 

 

© 2026 esewanews.com.np All rights reserved.