Esewanews

ओमिक्रोनको सबभेरियन्ट भेटियो, संक्रमण फैलन सक्ने चेतावनी ।

Author Esewanews सोमबार, ०७ कात्तिक २०७९

views
ओमिक्रोनको सबभेरियन्ट भेटियो, संक्रमण फैलन सक्ने चेतावनी ।

काठमाडौँ मुलुकमा पहिलो पटक ओमिक्रोनको सबभेरिएन्ट एक्सबीबीदेखिएको छ साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै सबभेरिएन्ट एक्सबीबीपहिचान गरिएको हो पहिलो पटक देखिएको यो भेरिएन्टलाई उच्च संक्रामक भनिएको छ,’ स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले कान्तिपुरसँग भने, ‘विभिन्न मुलुकमा हाल कोभिड संक्रमण बढेको कुरा आइरहेको छ, हामी कहाँ पनि बढ्न सक्ने चिन्ताको मुख्य विषय हो यो एक्सबीबी भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत देखिसकिएको छ प्रारम्भिक अध्ययनमा यो भेरिएन्टले कोभिडविरुद्घको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने संक्रमण बढाउने खालको पाइएको छ डा.अधिकारीका अनुसार जाडोयाममा यो भेरिएन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आकलन गरिएकाले विशेष सावधानी आवश्यक अध्ययनकर्ताहरूले आफ्नो प्रारम्भिक अनुसन्धानमा एक्सबीबी’, भेरिएन्ट ओमिक्रोनको बीए २.७५’, ‘बीए २.१०’, भेरिएन्टबीच पुनः संयोजनले उत्पन्न भएको पाएका छन् हालसम्म एक्सबीबीभेरिएन्टलाई कोभिडका सबै भेरिएन्टको दाँजोमा सबैभन्दा बढी संक्रामक पाइएको उनले बताए

 

© 2026 esewanews.com.np All rights reserved.