Esewanews

पूर्वराष्ट्रपति हु जिन्ताओ चिकपा अधिवेशनबाट किन बाहिर निकालियो ?

Author Esewanews आइतबार, ०६ कात्तिक २०७९

views
पूर्वराष्ट्रपति हु जिन्ताओ चिकपा अधिवेशनबाट किन बाहिर निकालियो ?

चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट बाहिर निकालिएको थियो । राष्ट्रपति सी जिन्पिङसँगै बसिरहेका ७९ वर्षीय नेता निकै कमजोर देखिएका थिए। अधिकारीहरूले उनी बसेको ठाउँमा पुगेर हुलाई बाहिर निकालेको भए पनि त्यसको कारणबारे केही खुलाइएको छैन। उनी बाहिरिनुको कारणबारे विशेषतः दुई किसिमका अनुमान गरिएको छ। चीनमा जारी शक्ति सङ्घर्षको विषय सतहमै आएको हुनसक्ने वा उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या भएको हुनसक्ने ठानिएको छ।

© 2026 esewanews.com.np All rights reserved.