Esewanews

अलबिदा क.गुरुङ ।

Author Esewanews मङ्गलबार, ०१ कात्तिक २०७९

views
अलबिदा क.गुरुङ ।

३१ असोज, काठमाडौं । मानवशास्त्री क.ओम गुरुङको निधन भएको छ । हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे क.गुरुङको सोमबार निधन भएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहनु भएकागुरुङ हाल नेकपा क्रान्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत हुनुहुन्थ्यो। क. ओम गुरुङ त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहनु भएको बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो ।

 उत्पीडित बर्ग र जाती समुदाएको मुक्तिका लागि बौद्धिक तथा भौतिक योग्दान उहाँको उल्लेखनिय रहेको छ । क.गुरुङ भौतिक रुपमा अब हामी माझ नरहे पनि उहाँले प्रदान गर्नुभएको बिचार र दृश्टिकोण अनुसार नेपाली उत्पीडित बर्ग तथा जाति समुदायहरु निरन्तर मुक्तिका लागि लडेर क.गुरुङले देखेको सपना पुरा गर्नु पर्नेछ । विदेशमा रहेका सन्तानहरु नआइपुगुन्जेल क. गुरुङको पार्थिब शरिर पाटन अस्पतालमा राखिने निकटस्थले जानकारी दिनुभएको छ ।

© 2026 esewanews.com.np All rights reserved.