Esewanews

छुद्रग्रहहरूबाट पृथ्वीलाई जोगाउने वैज्ञानिकहरूको तयारी ।

Author Esewanews आइतबार, २३ असोज २०७९

views
छुद्रग्रहहरूबाट पृथ्वीलाई जोगाउने वैज्ञानिकहरूको तयारी ।

पृथ्वीलाई बाह्य तत्वहरूबाट जोखिम छ भन्ने धारणा पहिलोपटक सुन्दा त्यो काल्पनिक विज्ञान कथाजस्तै सुनिन्छ शत्रुतापूर्ण एलियनहरू कि त अस्तित्वमा नै छैनन् भए पनि धेरै टाढा छन् र तिनबाट पृथ्वीलाई कुनै खतरा छैन तर, अन्तरक्षिका चट्टान (छुद्रग्रह)हरू वास्तविक हुन् र केही चट्टान पृथ्वीबाट खतरनाक रूपले नजिक छन् रुसको चेल्याबिन्स्क ओब्लास्टको एक सहर चेबारकुलका बासिन्दाले २० मिटरजति माथि वायुमण्डलमा एउटा उल्कापिण्ड विस्फोटनको साक्षी बनेको मुस्किलले दशक भयो त्यो विस्फोटनमा कसैको मृत्युु नभए पनि करिब १५ सय मानिस झ्यालका सिसाका टुक्राले लागेर गम्भीर घाइते भएका थिए

चेल्याबिन्स्कमा खसेको उल्कापिण्डभन्दा अलि ठूलो पिण्ड पृथ्वीमा ठोक्किन आइपुगेको खण्डमा त्यसबाट ठूलो क्षति हुनेछ अनि पृथ्वीतर्फ बत्तिएर आउने सक्ने सम्भावना बोकेका यस्ता थुप्रै पिण्ड छन् नियर अर्थ अब्जेक्ट(ृथ्वीनजिकका पिण्ड वा वस्तुहरू)पत्ता लगाउने र तिनलाई पछ्याउने उद्देश्य राखेको नियो अब्जर्भेसन परियोजनाले एक सय ४० मिटर वा त्योभन्दा ठूलो (२५ हजार मिटरसम्मका) व्यास भएका उल्का पिण्डहरूलाई सूचीबद्ध गर्ने काम ९० प्रतिशत सकिसकेको छ भने अन्य लक्ष्यमा पनि ५० प्रतिशतभन्दा धेरै उपलब्धि हासिल गरेको छ यो अध्ययनअनुसार अहिलेसम्म कुनै तात्कालिक खतरा पत्ता लागेको छैन तर, यस्तो खतरा पत्ता लागेको हुन्थ्यो भने सम्भावित जोखिमबारे मानिसहरूले गर्न सक्ने केही हुन सक्थ्यो त ?

यस प्रश्नको सम्भावित जवाफ खोज्न अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नाशाले भर्खरै डार्ट(डबल एस्टोरोइड रिडाइरेक्सन टेस्ट)नाम दिइएको एउटा अन्तरिक्ष यानलाई डिर्मोफोस नामक एउटा सानो उल्कापिण्डसँग ठोक्काएको छ उक्त घटना ग्रिनविच समयअनुसार २६ सेप्टेम्बरमा भएको थियो डार्टको तौल ६०० किलो थियो भने यसलाई डिमोर्फोससँग ठोक्काउनुको अभिप्रायः यसको परिक्रमाको दिशालाई परिवर्तन गर्नु रहेको थियो डार्टकै एक हिस्साका रूपमा रहेको सहयोगी यान एलआइसिआइएक्युुबले यो घटनालाई रेकर्ड गरेको यो पृथ्वीसँग ठोक्किन आउन सक्ने जोखिमी पिण्ड वा बाह्य वस्तुहरूको मार्ग बदल्न चाहिने स्तरको परीक्षण थियो , यसले उक्त पिण्डको दिशालाई १० मिनेटको अक्षमा बदलेको थियो यो नतिजा जमिनमा स्थापित टेलिस्कोपको अवलोकनका आधारमा हासिल गरिएको थियो 

तर यस्तो ठक्करको आयोजना गर्न सजिलो छैन न्युटनको गतिसम्बन्धी नियमको मेकानिक्सले तपाईंलाई पृथ्वीबाट डिडिमोस प्रणालीलाई पर धकेल्न अनुमति दिन्छ तर, लक्ष्यलाई भेदन गर्न सक्रिय मार्गदर्शन चाहिन्छ पृथ्वी डिडिमोस (करिब एक करोड १० लाख किलोमिटर) बीचको वर्तमान दूरीको कारण यस्तो निर्देशन पूर्ण स्वचालित हुनु जरुरी हुन्छ यो स्वचालनलाई यानमा जडित क्यामेराले खिचेका तस्बिरहरूको सफ्टवेयर प्याकेजको विश्लेषणले निर्देशित गर्छ र यानलाई सही निसानामा ठोक्काउन त्यसको इन्जिन प्रणालीलाई आवश्यकताअनुसार दिशाबोध दिन्छ खुसीको कुरा, यो परियोजनाले लक्ष्यलाई भेदन गरेको छ अब खगोलविद्हरूले डिमोरफोस केबाट बनेको भनेर राम्ररी बुुझ्न ठक्कर पछि एलआइसिआइएक्युुबले खिचेका धुलो र चट्टानको अध्ययन गर्नेछन् त्यसले उनीहरूलाई डिमोर्फोसको कक्षको परिवर्तनलाई व्याख्या गर्न सहयोग गर्नेछ साथै, उक्त घटनामा नियो अब्जर्भेसन कार्यक्रमले केही चिन्ताजनक कुरा फेला पा¥यो भने त्यसको सामना गर्ने मिसन तय गर्न पनि मद्दत गर्नेछ

द इकोनोमिस्टबाट

 

© 2026 esewanews.com.np All rights reserved.