Esewanews

पहिरोका कारण कर्णाली प्रदेशका सडकहरु अवरुद्ध ।

Author Esewanews शुक्रबार, २१ असोज २०७९

views
पहिरोका कारण कर्णाली प्रदेशका सडकहरु अवरुद्ध ।

अविरल वर्षाका कारण कर्णालीका मुख्य राजमार्ग र सहायक सडकहरु पहिरोका कारण अवरुद्ध भएका छन्। पहिरोका कारण कर्णाली, भेरी र राप्ती राजमार्गका साथै सहायक सडकहरु भएका हुन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भेरी करिडोर अन्र्तगत सुर्खेतको गुर्भाकोट नगरपालिका९ को पोखरे, कुरिले र जुम्लीभीरमा पहिरो गएको छ। यस्तै जाजरकोटको शिवालय गाउँपालिका१ र भेरी नगरपालिका१३ मा पहिरो गएको छ।  

राप्ती राजमार्ग अन्र्तगत रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका६ मा पहिरो जाँदा उक्त राजमार्ग अहिले ठप्प छ। अविरल वर्षाका कारण कर्णाली राजमार्ग पनि विभिन्न ठाउँमा पहिरोले अवरुद्ध भएको छ। कर्णाली राजमार्ग अन्र्तगत दुल्लूको गोठखोलामा ठूलो पहिरो गएको प्रहरीले जनाएको छ।  यस्तै मदन भण्डारी राजमार्ग अन्र्तगत सुर्खेतसल्यान खण्ड पनि अवरुद्ध भएको छ भने रातानाङ्लाधरमपोखरा सडक खण्डका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ।

 

© 2026 esewanews.com.np All rights reserved.