Esewanews

गुलरिया नेपालगन्ज सडकमा आउजाउ बन्द ।

Author Esewanews शुक्रबार, २१ असोज २०७९

views

 बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरियानेपालगन्ज सडक खण्ड डुबानमा परेको छ । गुलरिया११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा जोखिम बढेपछि आउजाउ रोकिएको छ । बाढीले सडक माथि करिब २ फिटभन्दा बढी पानी बगेको छ  पूर्वबाट पश्चिम आउजाउ गर्ने सबै सवारी साधन र मानिसलाई आउजाउमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले बताए । पहाडी क्षेत्रमा पानी परेकोले बबई उच्च जोखिममा रहेकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरिएको उनले जनाए  बाढीले सयौं बिघा खेतमा लगाइएको धानबाली क्षति पुर्‍याएको स्थानीय शौखत अली गद्दीले बताए 'गत वर्ष कात्तिक २ गते बाढीले धानबाली क्षति पुर्‍याए पनि सयौं किसानले क्षतिपूर्ति पाएनन्,' उनले भने, 'यस वर्ष पनि उस्तै हुने छ  गुलरिया नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पस्ने क्रम जारी छ । लगातार पहाडी भूभागमा पानी परेकोले बबइमा जलस्तर बढ्दै गएपछि सदरमुकाम गुलरियाका आसपास क्षेत्र डुबानमा पर्ने जोखिम बढेको छ । बबईमा आएको बाढीले इन्द्रपुर, टडुवा आसपासका गाउँ डुबानमा परेका छन् । त्रासले यहाँका केही घर परिवार हुलाकी सडकमा त्रिपाल लगाएर बसेकाछन्  वालापुरका ५० भन्दा बढी घर सुरक्षित स्थानमा सरेका छन् । पानीको बहाव अझै पनि खतराको चिह्न माथि बगिरहेको छ । बबईमा जलस्तर ६ दशमलव ८ मिटरमाथि बगिरहेको छ । जलस्तर ६ मिटरमाथि पुगेपछि बाढीको सतर्कता नाघेको हुन्छ  डुबान क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालित भएका छन् । सशस्त्र प्रहरी बल ३१ नम्बर गणका एसपी जहरसिंह बुढामगरले धनजनको क्षति नहोस भन्दै थप सुरक्षा बल त्यहाँ परिचालन गरिएको जनाए 

 

© 2026 esewanews.com.np All rights reserved.