Esewanews

रसायनशास्त्र विधातर्फ तीन वैज्ञानिकलाई नोबेल पुरस्कार ।

Author Esewanews बिहिबार, २० असोज २०७९

views

रसायनशास्त्रका लागि दिइने यस वर्षको नोबेल पुरस्कार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई क्लिक केमिस्ट्री पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गर्ने घोषणा गरिएको छ। एकासी वर्षीय शार्पलेसले नोबेल पुरस्कार पाएको यो दोस्रो पटक हो। यसअघि उनले सन् २००१ मा नोबेल पुरस्कार पाएका थिए। तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम बाँडेर लिनेछन्। गत वर्षको पुरस्कार दुईजना वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरेका थिए। ती वैज्ञानिकले अणु उत्पादनका लागि प्रयोग गरिने उपकरणहरू विकास गरेका थिए। यो वर्षको भौतिक शास्त्रतर्फ दिइने नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने मङ्गलवार घोषणा गरिएको थियो। सोमवार चिकित्साशास्त्रसम्बन्धी नोबेल पुरस्कार मानव विकासक्रमसम्बन्धी काम गरेका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गर्ने घोषणा गरिएको थियो।

 

© 2026 esewanews.com.np All rights reserved.