Esewanews

गुड्दै गरेको बसमा आगो लाग्यो ।

Author Esewanews आइतबार, १६ असोज २०७९

views

खोटाङ काठमाडौंबाट दिक्तेल आउँदै गरेको बसमा आगलागी भएको छ । बा ३ ख ८९८१ नम्बरको गुड्दै गरेको बसमा हलेसी तुवाचुङ नगरपालिका१ बाहुनीडाडाँको कदुवामा शनिबार दिउँसो साँढे चार बजे आगलागी भएको हो  जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायका अनुसार गाडीको इन्जिनमा समस्या आएपछि कारण आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बस भने पूर्ण रुपमा क्षति भएको प्रत्यक्षदर्शी उमेश ढुङ्गानाले बताए  बसमा आगो लागेपछि आफूहरू निस्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१३ नुनथलाका जगशेर राईले बताए बसमा उभिएर; बसेर खचाखच यात्रु थियौं‚’ राईले भने‚ ‘आगो लागेपछि भागभाग भयो प्रहरीले भने ३७ जना मात्र यात्रु भएको जनाएको छ  स्रोत कान्तिपुर ।

© 2026 esewanews.com.np All rights reserved.