Esewanews

हिरो अञ्जन ।

Author Esewanews बुधबार, १२ असोज २०७९

views
हिरो अञ्जन ।

काठमाडौँ जानेर नहुन पनि सक्छ, कुनै बेला के काण्डमा परे, कुनै समय के काण्डमा मुछिए तर, अञ्जन विष्टले कहिल्यै हार खाएनन् त्यसैले उनी फेरि नेपाली राष्ट्रिय फुटबल टोलीमा फर्किंदा ह्याट्रिक हिरो भएका छन् उनले तीन अवसर पाए, तीनपल्टै गोल गरे त्यसैमा नेपालले दशरथ रंगशालामा मंगलबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि १ को जित निकाल्यो दशरथ रंगशालामा मंगलबार बंगलादेशविरुद्ध ह्याट्रिक गोलका लागि हेड प्रहार गर्नेक्रममा नेपालका अञ्जन विष्ट ।

बन्द प्रशिक्षणमा अव्यवस्थित होस्टेल होइन, होटलमा बस्न पाउनुपर्ने माग गरेका रोहित चन्दलाई साथ दिएको भन्दै कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कप छनोटको तयारीमा राष्ट्रिय टिमबाटै १० खेलाडीलाई निकालेका थिए त्यसमा खेलाडीप्रति समर्थन जनाएका नियमित कप्तान किरण चेम्जोङ पनि थपिए विवादास्पद प्रशिक्षक अल्मुताइरी बिदामा रहेको भन्दै अखिल नेपाल संघ (एन्फा) ले बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेलका लागि अमेरिकाबाट झिकाएर प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक बनायो उनले अल्मुताइरीबाट निष्कासित ११ खेलाडीलाई टिममा फिर्ता बोलाए

जम्मा एक खेलमा टिम सम्हाल्न आइपुगेका प्रशिक्षक हुमागाईंको २३ सदस्यीय टिममा चार गोलकिपर राख्ने र अल्मुताइरीविरुद्ध उत्रिएका ११ सिनियर खेलाडीलाई फिर्ता बोलाउने निर्णय कतै बदलाको भावनाबाट प्रेरित त थिएन? प्रश्नहरू बढिरहेका थिए, अनुत्तरित नै थिए तर, त्यो काण्ड र छनोटबारे हुमागाईंले चित्तबुझ्दो जवाफ दिन सकेका थिएनन् अल्मुताइरीले बनाएको युवा टिमले जेठमा भएको एसियन कप छनोटमा खराब नतिजा नै बेहोरेको भए पनि सामाजिक सन्जालमा फुटबलप्रेमी अल्मुताइरीका समर्थकहरू सिनियर खेलाडीविरुद्ध खनिएका थिए त्यसैले सिनियर खेलाडीका लागि पनि मैत्रीपूर्ण खेल एक किसिमले प्रतिष्ठाको लडाइँ नै थियो त्यसमा उनीहरू हुमागाईं सफल रहे

निकालिएका ११ मध्ये ९ खेलाडीलाई प्रशिक्षक हुमागाईंले आठ हजार बढी दर्शकसामु पहिलो रोजाइमा मैदानमा उतारे त्यसैले हुन सक्छ, २४ वर्षीय अञ्जनले अन्तर्राष्ट्रिय करिअरमा पहिलो ह्याट्रिकसँगै नेपाली टिममा गरेको पुनरागमनबारे सोधिएको प्रश्नको जवाफ दिए, ‘यो (ह्याट्रिक र पुनरागमन) त म शब्दमा बयान गर्न सक्दिनँ कत्तिपछि खेल्न पाएँ, विगतमा के भयो, त्यो सम्झिन चाहँदिनँ त्यस्तै कुराहरूले रहेछ झन् बलियो बनाउने मैले गरेको महसुसलाई शब्दमा बयान गर्न सक्दिनँ एकदम धेरै नै खुसी छु मेरो फिलिंग्स सबैसामु सेयर गर्न पाएको छु अझै खेल्छु नेपालका लागि योग्य छु भन्ने लाग्छ

६ वर्षयता पहिलो ह्याट्रिक

संयोग वा मिहिनेत अञ्जनले नेपाली टिमबाट ५० औं खेलमा आएर पहिलो ह्याट्रिक गरेका हुन् तीनै गोल पहिलो हाफमा गरे उनले विमल घर्तीमगरको फ्रिकिकमा हेडद्वारा गोल गर्दै १८ औं मिनेटमा खाता खोलेका थिए विशाल राईको पासमा अञ्जनले पेनाल्टी क्षेत्रमा मिलाइदिएको बललाई तेज तामाङले प्रहार गरे, जसमा पाहुना टिमका गोलकिपर अनिसुर रहमानले राम्रो बचाउ गरे तर, बल पेनाल्टी क्षेत्रमै रहेका अञ्जन नजिक पुग्यो, जसलाई सहजै पोस्टको दिशा दिँदै अञ्जनले २७ औं मिनेटमा दोस्रो गोल गरे उनले विशालको फ्रिकिकमा ३८ औं मिनेटमा हेडर गोल गर्दै ६ वर्षयता ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी बने

उनी एउटै खेलमा तीन गोल गर्ने नेपालका छैटौं खेलाडी हुन् यसअघि यो उपलब्धि गणेश थापा (सन् १९८७), नरेश जोशी (१९९९), नीराजन रायमाझी (२००१), भरत खवास (२०१३) र नवयुग श्रेष्ठ (२०१६) ले ह्यािट्रक गरेका थिए उनी दशरथ रंगशालामा घरेलु टिमका लागि दोस्रो ह्याट्रिककर्ता हुन् भने वर्षयताको पहिलो

परम्परागत प्रतिद्वन्द्वीविरुद्धको ह्याट्रिकसँगै दसौं गोल पूरा गरेपछि अञ्जनले पूर्वकप्तान अनिल गुरुङ र भरतसँग गोलसंख्या बराबरी गरेका छन् अब उनी कीर्तिमानी गोलकर्ता नीराजन र हरि खड्का (समान १३ गोल) को नजिक पुगेका छन् जुमनु राईले ११ गोल गरेका छन् विमल गोलको अवस्थामा छन् स्रोत कान्तिपुर ।

© 2026 esewanews.com.np All rights reserved.