Esewanews

हराएका सन्दीप लामिछाने धेरै दिन पछि फेसबुकमा देखिए।

Author Esewanews सोमबार, १० असोज २०७९

views
हराएका सन्दीप लामिछाने धेरै दिन पछि फेसबुकमा देखिए।

 नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आइसोलेसनमा बसेको पनि उल्लेख गरेका छन् । र, चाँडै नेपाल फर्किने उल्लेख गरेका छन् ।

मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था  रहेन’, उनले भनेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कातिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मलाई आईसोलेसनमा राखेर बसेको छु ।

उनले पीडितले दिएको जाहेरीलाई झुठाउल्लेख गर्दै अपराधीको रुपमा चित्रणले आफूलाई मानसिक र शारीरिकरुपमा प्रभावित पारेको पनि भनेका छन् उनले डाक्टरहरुको सल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै गरेको भनेका छन् । उनले अगाडि भनेका छन्, ‘स्वास्थ्यमा क्रमिक सुधार आउँछ र जति सक्दो चाँडो नेपाल फर्किएर मविरुद्धको झुठा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।

टी२० सिरिज खेल्न केन्या गएका लामिछानेले त्यहीँबाट  क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए । त्यहाँबाट चाँडै फर्किने बताए पनि उनी हाल कहाँ छन् खुलाएका छैनन् । प्रहरीले पनि पत्ता लगाउन सकेको छैन ।

हालसम्म सम्पर्कविहीन छन् । उनी नफर्किएपछि प्रहरी अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग समन्वय गरेर नेपाल ल्याउने प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा जिल्ला प्रहरी कार्यालयकाठमाडौंलाई अनुमति दिएको छ । त्यही अनुसार उनलाई पक्राउ गर्न काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । त्यसको आधारमा उनी विमानस्थलमा ओर्लिने वित्तिकै पक्राउ पर्नेछन् । स्राेतका अनुसार लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकको भिसा छ ।s

© 2026 esewanews.com.np All rights reserved.