ताजा समाचार
Home / Headline / धोबीघाटको आगलागीमा घाइते ३ जनालाई बर्न अस्पताल लगियो

धोबीघाटको आगलागीमा घाइते ३ जनालाई बर्न अस्पताल लगियो

 ललितपुरको धोविघाटमा रहेको कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह घाइते भएका थिए । अनुहारसमेत जलेका पोदारको अवस्था गम्भिर रहेको छ ।

आगलागीमा जलेका उनीहरुलाई तत्कालै उद्धार गरेर स्टार अस्पताल सानेपामा लगिएको र त्यहाँ प्राथमिक उपचारपछि कीर्तिपुर पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।

Check Also

हाइड्रोपावरमा लगानी गर्ने अर्को कम्पनी नेप्सेमा थपिदै,बरुण इन्भेष्टमेन्टले १५ लाख कित्ता आइपीओ निष्काशन गर्न प्रकृया अघि बढायो

बरुण इन्भेष्टमेन्टले सर्वसाधारणमा १५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। अहिले मुख्य गरी हाइड्रोपावरमा लगानी ...

Comments are closed.