ताजा समाचार
Home / Headline / ‘सर्ट भिडियो’ मा टिकटक र गुगलको प्रतिस्पर्धा, अब युट्युबले पनि ‘सर्टस्’ क्रिएटरलाई ४५% आम्दानी दिने

‘सर्ट भिडियो’ मा टिकटक र गुगलको प्रतिस्पर्धा, अब युट्युबले पनि ‘सर्टस्’ क्रिएटरलाई ४५% आम्दानी दिने

युट्युबले सर्ट भिडियो फर्म्याटमा पनि क्रिएटरहरुले पैसा कमाउन सक्ने गरी नयाँ तरिका सार्वजनिक गरेको छ । टिकटकबाट चर्को प्रतिस्पर्धाको सामना गरिरहेको युट्युबले अब आफ्नो भिडियो फिचर ‘सर्टस्’ मा पनि विज्ञापन बिक्री सुरु गर्ने भएको हो । गुगलको स्वामित्वमा रहेको युट्युबले मंगलबार अब ‘सर्टस्’ मा विज्ञापन बिक्रीबाट हुने आम्दानीको ४५% हिस्सा क्रिएटरहरुले पाउने जानकारी गराएको हो । 

रोएटर्सका अनुसार अहिले युट्युबले ‘सर्टस्’ फिचर भन्दा बाहिरका भिडियोहरुमा विज्ञापन आम्दानीको ५५% क्रिएटरहरुलाई दिँदै आएको छ । यता,टिकटकले भने कन्टेन्ट क्रिएटरहरुका लागि १ अर्ब डलरको कोष खडा गरेको छ । ‘सर्टस्’ फर्म्याटमा पनि आम्दानी सेयर गर्ने युट्युबको निर्णयलाई कन्टेन्ट क्रिएटरहरुले स्वागत गरेका छन् । इन्टरनेटको प्रभावशाली भिडियो साइट युट्युबलाई पछिल्लो समय टिकटकले कडा प्रतिस्पर्धा दिएको छ । 

टिकटकका मासिक प्रयोगकर्ता अहिले १ अर्ब पुगेका छन् । छोटो भिडियाहरुका लागि टिकटक प्रख्यात छ । युट्युबका प्रयोकर्ताहरु टिकटकतर्फ गएपछि युट्युबले पनि सन् २०२० देखि ‘सर्टस्’ को सुरुवात गरेको हो । अहिले सर्टस्मा पनि १.५ अर्ब मासिक प्रयोगकर्ता पुगेका छन् । तर सर्टस् भिडियोहरु भने मोनेटाइज हुने गरेको थिएन । प्रतिस्पर्धा बढेसँगै युट्युबले अब भने सर्टस् लाई पनि मोनेटाइज गर्न लागेको हो । गत वर्ष गुगलले युट्युबमा विज्ञापन बिक्रीबाट मात्रै १४.२ अर्ब डलर आम्दानी गरेको थियो ।

Check Also

अर्को अप्रत्याशित नतिजाको लक्ष्यमा जापान र दक्षिण कोरिया

समूह चरणमा जस्तै क्रोएसिया विरुद्ध खेल्दा पनि जापानले सामुराई स्प्रीटका साथ खेल्ने छ । जापानलाई ...

Comments are closed.