इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न नाइटराइडर्स विरुद्धको खेलमा राजस्थान रोयल्सले ७ रनको रोमाञ्चक जित हासिल गरेको छ । जोस बटलरको शतक र यजुवेन्द्र चहलको ह्याट्रिक विकेटको मद्दतमा राजस्थानले जित हासिल गरेको हो ।
राजस्थानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २१७ रन बनाएको थियो । जोस बटलरले ६१ बलमा १०३ रन बनाए । यो जारी आईपीएलमा दोस्रो शतक हो । यसैगरी कप्तान सन्जु स्यामसनले १९ बलमा ३८ रन योगदान गरे ।
बलिङतर्फ सुनिल नरिनले २ विकेट लिए ।
२१८ रनको विजय लक्ष्य पछ्याउने क्रममा कोलकाताका यरोन फिन्च र श्रेयस अय्यरले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरे । फिन्चले २८ बलमा ५८ र अय्यरले ५१ बलमा ८५ रन जोडे । नितिश राणाले १८ र उमेश यादवले २१ रन बनाए ।