ताजा समाचार
Home / Headline / फोन कल आउनुभन्दा अगाडि ट्रुकलरले कसरी बताउँछ कल गर्नेको नाम ?

फोन कल आउनुभन्दा अगाडि ट्रुकलरले कसरी बताउँछ कल गर्नेको नाम ?

 विश्वमा करोडौँ स्मार्टफोन प्रयोगकर्ताले कल आइडेन्टिफिकेसन एप ट्रुकलरको प्रयोग गर्ने गरेका छन् ।

ट्रुकलर एपको सबैभन्दा खास विशेषता भनेको यसले तपाइँको फोनको कन्ट्याक्ट लिष्टमा नभएका व्यक्तिको फोन आउँदासमेत कसको फोन आएको हो जानकारी दिने मात्र होइन फोनको घण्टी बज्नुभन्दा केही पहिले नै कसले फोन गर्दैछ भन्ने बताइदिन्छ ।

ट्रुकलरले स्पाम कलहरु नउठाउन वा बेवास्ता गर्नका लागि हामीलाई सहयोग गर्दछ । ठगी तथा स्पाम कलहरुबाट स्मार्टफोन प्रयोगकर्तालाई बचाउनका लागि ट्रुकलर एप निकै सहयोगी छ । आखिर कल आउनुभन्दा अगाडि नै ट्रुकलरले कसरी कसले कल गर्दैछ भन्ने कुराको जानकारी पाएर त्यसको सूचना दिन्छ त ?

ट्रुकलरमा एक कलर आइडी अलर्ट देखिन्छ जसमा इनकमिङ कल बाइ लेखिएको हुन्छ र कल गर्नेवाला व्यक्तिको नाम देखिन्छ । फोनमा घण्टी बज्नु केही सेकेण्ड पहिले नै नोटिफिकेसन पपअप गर्दछ र त्यसपछि मात्र घण्टी बज्न सुरु गर्दछ ।

ट्रुकलरले फोन प्रापकको मोबाइल डाटा वा वाइफाइको उपयोग गरेर फोन गर्नेवालाको बारेमा अलर्ट पठाउने काम गर्दछ । मोबाइल डाटा वा वाइफाइको गति एक नियमित सेलुलर नेटवर्कको तुलनामा तिव्र हुन्छ । त्यसैले वास्तविक कल आउनु भन्दा अगाडि नै फोन आउन थालेको नोटिफिकेसन ट्रुकलर एपमा प्राप्त हुन्छ ।

यो फिचरलाई प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार डिसेबल पनि गर्न सकिन्छ । फोन गर्ने र फोन उठाउने दुबैको स्मार्टफोनमा ट्रुकलर एपको यो फिचर एक्टि भएमा पनि यसरी नोटिफिकेसन प्राप्त हुन्छ । एजेन्सीको सहयोगमा

Check Also

विश्वकप फुटबल : यस्ता छन् क्वार्टरफाइनल पुग्ने टिम

कतारमा जारी विश्वकपमा ६४ मध्ये ५६ खेल सकियो । अब ८ खेल बाँकी छ । ...

Comments are closed.