ताजा समाचार
Home / Headline / पिएसजीमा अझै गोलविहीन मेसी

पिएसजीमा अझै गोलविहीन मेसी

लिओनल मेसीले फ्रेन्च क्लब पिएसजीको घरेलु मैदानमा डेब्यू गरेका छन्।

आइतबार लियोनविरूद्धको खेलमा पिएसजीको घरेलु मैदानमा पहिलो पटक खेलेका मेसी दोस्रो हाफमा सब्सिच्युट भए।

खेल पिएसजीले २-१ ले जितेको छ। पिएसजी फ्रेञ्च लिग वानमा लगातार ६ खेलमा जित निकाल्दै १८ अंक जोडेर शीर्ष स्थानमा छ।

यो वर्ष स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी आएका मेसीले आइतबार गोल गर्न प्रयास गरे पनि सफल हुन सकेनन्।

उनको एक प्रहार पोस्टमा लाग्दा एक फ्रिकिक बारमा लागेको थियो। यस्तै लियोनका गोलकिपर एन्थोनी लोपेसले अर्को प्रहार विफल पारिदिए।

खेल एक-एक भएको अवस्थामा मेसी दोस्रो हाफमा सब्सिच्युट भए। ७६ मिनेटमा उनको स्थानमा हाकिमी मैदान छिरेका थिए। मैदान छाड्दै गर्दा मेसी खुसी भने देखिएनन्।

मेसीले सिजनमा पिएसजीका लागि दुई फ्रेन्च लिग वान र एक युरोपियन च्याम्पियन्स लिगका खेल खेलिसकेका छन्। तीन खेल खेल्दा मेसीले पिएसजीका लागि गोल भने गर्न सकेका छैनन्।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.